Logo
७ बैशाख २०८१, शुक्रबार
(October 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मध्यरातीमा पुरानै आश्वासनको सम्झौतापत्रमा हस्ताक्षरपछि डा. केसीले जुस खाएर अनशन तोडे

लामो समयदेखि अनशनरत रहेका डा. गोविन्द केसीले १९ औँ सत्याग्रह अन्त्य गरेका छन् । चिकित्सा शिक्षामा सुधारको माग राख्दै अनशनरत डा. केसी र सरकारबिच शनिबार मध्यरातमा आठ बुँदे सहमति भएसँगै अनशन तोडिएको हो।

आइतबार बिहान आयोजित पत्रकार सम्मेलनमा डा. केसीले जुस सेवन गरेर अनशन तोडेका हुन्। डा. केसीले १९ औँ पटकको सत्याग्रह जुम्लाबाट सुरु गरेका थिए ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नेपालगञ्ज हुँदै काठमाडौँ ल्याइएको थियो । सरकारसँग सहमति भएपछि उनी २७ औँ दिनमा अनशन तोड्न सहमत भएका हुन् ।

डा. केसी र सरकारबिच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार एवम् जनशक्तिको प्रबन्ध गरी आउँदो शैक्षिक सत्रदेखि एमबिबिएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने, पिसिआर परीक्षण बढाउने तथा कोभिड-१९ तथा अन्य रोगको उपचारका लागि सरकारी अस्पतालको क्षमता बिस्तार गर्ने, अछामको बयलपाटा अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा दिन बजेट व्यवस्था गर्ने सहमति भएको छ।

प्रकाशित मिति: Oct 11, 2020

प्रतिक्रिया दिनुहोस्