Logo
१६ चैत्र २०८०, शुक्रबार
(October 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु

प्रदेश नं १ स्थित धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा. श्रेष्ठले मृत्यु हुनेमा धरान उपमहानगरपालिका ८ की ६२ वर्षीया महिला, दुहबी नगरपालिकाका ६५ वर्षीय पुरुष र धनकुटाकी ६१ वर्षीया महिला रहको बताए।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार मृत्यु हुनेमा सुनसरीका दुई र एकजना धनकुटाका रहेका छन्।

प्रतिष्ठानमा अशोज २१ गते कोरोना पुष्टि भएकी धरानकी ६२ वर्षीया महिलाको शनिबार राति ८ बजे मृत्यु भएको हो । ती महिलामा श्वासप्रश्वासको समस्या रहेको थियो।

उनलाई अशोज २२ गते प्रतिष्ठानको कोभिड १९ अस्पतालमा थप उपचारका लागि भर्ना गरिएको थियो । त्यसैगरि, जिल्ला अस्पताल धनकुटाबाट रेफर गरिएकी बिरामी महिलालाई प्रतिष्ठानको कोभिड १९ अस्पतालमा अशोज १६ गते भर्ना गरिएको थियो ।

आइतबार बिहान ६ बजेर ४० मिनेटमा उपचारकै क्रममा मृत्यु भएकी महिलामा उच्च रक्तचाप र मधुमेहको समस्या रहेको थियो ।सो क्रममा महिलाको असोज २० गते कोरोना पोजिटिभ रिपोर्ट आएको थियो ।

त्यसैगरि, सुनसरीको दुहबी नगरपालिकाका ६५ वर्षीय पुरुषको आइतबार बिहान ३ बजेर ४० मिनेटमा उपचारका क्रममा मृत्यु भएको सहप्रवक्ता डा. श्रेष्ठले जानकारी दिए।

बिरामी पुरुषलाई अशोज १४ गते स्वास्थ्यमा समस्या देखिएपछि प्रतिष्ठानको कोभिड १९ अस्पतामा भर्ना गरिएको थियो। अशोज १५ गते पिसिआर रिपोर्ट पोजिटिभ आएको पुरुष बिरामीमा निमोनिया र उच्च रक्तचापको समस्या रहेको थियो ।

प्रकाशित मिति: Oct 11, 2020

प्रतिक्रिया दिनुहोस्