Logo
१३ बैशाख २०८१, बिहीबार
(October 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीसँगको बैठक निष्कर्श बिहीन बनेपछि निराश बनेर फर्किए प्रचण्ड

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबीच शनिबार भएको भेटवार्ता बिना निष्कर्ष सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा मन्त्रिपरिषद् पुनरगठन तथा पार्टी एकताको पूर्णतालगायत विषयमा छलफल भए पनि निष्कर्षमा नपुगेको स्रोतले बताएको छ ।

यसअघि दुई अध्यक्षबीच भएको भेटवर्तामा छलफल भए पनि टुङ्गो नलागेपछि आज पुनः समझदारीको प्रयास भएको थियो । भेटवार्तामा पार्टी महासचिव विष्णु पौडेल पनि सहभागि थिए ।

गत असोज ६ गते बसेको सचिवालय बैठकले एकताको बाँकी काम टुंग्याउन प्रस्ताव तयार पार्ने जिम्मा अध्यक्षद्वय र महासचिवलाई दिएको थियो । त्यस्तै भदौ २६ गते सकिएको स्थायी कमिटी बैठकले असोज महिनाभित्र एकतलाई पूर्णता दिने निर्णय गरेको थियो ।

तर, अध्यक्षद्वयले अहिलेसम्म प्रस्ताव तयार पार्न सकेका छैनन् । नेकपामा जनसंगठनहरू, पाँचवटा निकाय, ३२ विभागसहित एक नीति प्रतिष्ठान, प्रवास समन्वय र विशेष जिल्ला कमिटीले पूर्णता पाउन बाँकी छ ।

प्रकाशित मिति: Oct 10, 2020

प्रतिक्रिया दिनुहोस्