Logo
१६ चैत्र २०८०, शुक्रबार
(October 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाउँनुहोस् आलिया भट्ट बस्ने फ्ल्याटको मूल्य कति ? कोसँग बस्दै छन्? {भिडियोसहित}

भारतीय बलिउड उद्योगकी चचित अभिनेत्री आलिया भट्ट आफ्नो नयाँ फ्ल्याटमा सरेकी छन्।

‘हे मित्रहरू हो, यो भिडियोमा मेरो घरमा हेर्नुहोस्। यहाँ सर्नु आफैमा शानदार अनुभव रह्यो’, शुक्रबार अपलोड गरेको भिडिओ पोस्ट गर्दै आलियाले बताइन्। सो फ्ल्याट उनले २ वर्ष अगाडि किनेकी थिइन्। फ्ल्याटको मूल्य १३ करोड भारू पर्छ।

नयाँ फ्ल्याटमा सरेपछि आलियाले आफ्नो फ्ल्याटका बारेमा एक भिडिओ मार्फत जानकारी दिएकी छिन्।मुम्बईको जुहुको महँगो बसोबास क्षेत्रमा रहेको यो फ्ल्याटमा उनी आफ्नी बहिनी शाहिनसँग बस्नेछिन्।

आफ्ना बाबुआमाको घरबाट निस्केर आफ्नै बलबुतामा सबै गरेको अनुभव सुनाउँदै आलियाले भनिन्, ‘आफ्नो घरबाट बाहिर आउनु मेरा लागि एकदमै ठूलो अनुभव रह्‍यो। किनकी यो पहिलो पटक हो जब म आफ्नो घरबाट टाढा, आफ्नै घरमा जाँदैथिएँ। शुरूमा म एक्लै त्यहाँ बस्न जाँदै थिए तर पछि मैले बहिनीलाई आफूसँगै लाने निर्णय गरें र उ पनि खुसीखुसी जान तयार भई। उसले केहि समय मसँग र केहि समय आमासँग बस्ने निर्णय गरेकी छ।’

प्रकाशित मिति: Oct 8, 2020

प्रतिक्रिया दिनुहोस्