Logo
७ बैशाख २०८१, शुक्रबार
(October 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा. केसीको समर्थनमा नेविसंघको प्रदर्शन

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले अनशनरत डा. गोविन्द केसीका माग पूरा गर्न सरकारलई दबाब दिन विरोध प्रदर्शन गरेको छ ।  

नेविसंघले काठमाडौंको कोटेश्वरमा विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले गरिब जनताको पक्षमा आवाज उठाउने डा. केसीको माग तत्काल सरकारले पूरा गर्नुपर्ने बताए । उनले सरकार डा. केसीका माग पूरा गर्न गम्भीर नदेखिएको आराेप पनि लगाए ।

काफ्लेले सरकार आफ्नो पार्टीका नेताहरूको व्यवस्थापनका लागि पद बाँडफाँड गर्न तल्लिन भएकाले डा. केसीका माग सम्बोधन गर्न नचाहेको बताए ।

विरोध प्रदर्शनमा विद्यार्थी नेता विभिन्न ब्यानेरसहित उपस्थित भएका थिए । ‘डा. गोविन्द केसीको माग पूरा गर’, ‘मेडिकल माफिया मुर्दाबाद’, ‘दुरदराजमा मेडिकल कलेज खै’ लगायत लेखिएका ब्यानर लिएर विधार्थी उपस्थित भएका थिए । 

प्रकाशित मिति: Oct 8, 2020

प्रतिक्रिया दिनुहोस्