Logo
११ बैशाख २०८१, मंगलबार
(October 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रौतहटमा माछा मार्ने क्रममा नदीमा डुबेर दुई बालकको मृत्यु

प्रदेश नं २ स्थित रौतहट जिल्लाको नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

बुधबार साँझ फ्याजको राजपुर नगरपालिका-२ स्थित कामदेई नदीमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

ईशनाथ नगरपालिका ५ लक्ष्मिनिया घर भई विगत दुई वर्षदेखि राजपुर नगरपालिका-२ विगाटोल स्थित फुपुको घरमा बस्दै आएका १४ वर्षका शेख फ्याजको डुबेर मृत्यु भएको हो ।

यस्तै गरुडा नगरपालिका १ जयनगर बस्ने समसाद अन्सारीका तीन वर्षका छोरा ताबिस अन्सारीको नदीमा डुबेर मृत्यु भएको छ ।

आफन्तसहित स्थानीय बासिन्दाले खोजी गर्दा वडा नम्बर ५ झाँजखोलामा पानीमा तैरिरहेको अवस्थामा बालक मृत फेला परेको ईलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ ।उनी बेपत्ता भएका थिए ।

घटनास्थल मुचुल्का पश्चात शव पोष्टमार्टमको लागि गौर अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित मिति: Oct 8, 2020

प्रतिक्रिया दिनुहोस्