Logo
१३ बैशाख २०८१, बिहीबार
(October 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा.गोविन्द केसी पक्षको टोली र सरकारबिच वार्ता जारी

अनसनरत  डा. गोविन्द केसीको वार्ता टोली र सरकारबिच वार्ता सुरु भएको छ ।

चिकित्सा क्षेत्र सुधारको माग गर्दै १९ औँ सत्याग्रहमा रहेका गोविन्द केसी अनशनमा बसेको २५ दिन भयो ।

अहिले गोविन्द केसीका तर्फबाट गठित टोली र सरकारी टोलीबिच शिक्षा मन्त्रालयमा वार्ता सुरु भएको हो ।

सरकारले वार्ता टोली बनाएलगत्तै डाक्टर केसीले पनि टोली घोषणा गरेका थिए । यसअघि उनले सरकारले औपचारिक वार्ता टोली गठन गरेमात्र छलफलमा बस्ने बताउँदै आएका थिए।

गोविन्द केसीको तर्फबाट जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली बुधबार गठन भएको थियो । टोलीका सदस्यहरुमा डा. अन्जनीकुमार झा, डा. लोचन कार्की र ओमप्रकाश अर्याल रहेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनाली संयोजक रहेको तीन सदस्यीय टोली सरकारले बनाएको छ ।

शिक्षा मन्त्रालयका अनुसार टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दीलिप शर्मा सदस्य छन्  ।

प्रकाशित मिति: Oct 8, 2020

प्रतिक्रिया दिनुहोस्