Logo
१५ चैत्र २०८०, बिहीबार
(October 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाबाट विश्वभरमा मृत्यु हुनेको संख्या १० लाख ६० हजार नाघ्यो

कोरोना संक्रमणबाट विश्वभरमा मृत्यु हुनेको संख्या १० लाख ६० हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार कुल ३ करोड ६३ लाख संक्रमित मध्ये २ करोड ७४ लाख नीको भएका छन् ।

अमेरिकामा सबैभन्दा बढी मृतक र संक्रमितको संख्या रहेको छ । त्यहाँ ७७ लाख संक्रमितमध्ये २ लाख १६ हजारको मृत्यु भइसकेको छ । भारतमा ६८ लाख संक्रमितमध्ये एक लाख ५ हजारको मृत्यु भइसकेको छ ।

ब्राजिलमा ५० लाख संक्रमितमध्ये एक लाख ४८ हजारको मृत्यु भएको छ । नेपालमा ९४ हजार संक्रमितमध्ये ५ सय ७८ को मृत्यु भइसकेको छ ।

प्रकाशित मिति: Oct 8, 2020

प्रतिक्रिया दिनुहोस्