Logo
१२ बैशाख २०८१, बुधबार
(October 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२० वटै वडा सहित ७ दिनका लागि धरान उपमहानगर बन्द, तत्काल लकडाउन नहुने

प्रदेश १ स्तिच सुनसरीको धरान उपमहानरपालिमा कोरोना सङ्क्रमण बढेपछि २० वटै वडा कार्यालय र उपमहानगरको अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने भएका छन् ।

चाडपर्वको समयमा लकडाउन गर्दा समस्या हुने भन्दै लकडाउन नगर्ने निर्णय गरिएको नेकपा अध्यक्ष नारायण सुवेदीले जानकारी दिए ।

सर्वपक्षिय बैठकले पसलहरुमा मास्क अनिवार्य, सवारीसाधनमा मास्क र सेनिटाइजर अनिवार्य गरिने निर्णय गरेको बताए ।

उपमहानगरका जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण भएपछि भोलि २२ गतेदेखि २८ गतेसम्म बन्द गरिने निर्णय भएको उपमहानगरका प्रमुख तिलक राईले बताएका छन ।

आज बसेको सर्वपक्षीय सर्वदलिय बैठकले तत्काल लकडाउन नगर्ने निर्णय भएको पनि मप्रमुख राइले जानकारी दिए । बजारमा स्वास्थ्य मापदण्ड कडाइ गर्ने र लकडाउन नगर्ने सहमती भएको हो ।

साथै चालक तथा सहचालकलाई मास्क अनिवार्य र यात्रुहरुलार्ई पनि मास्क अनिवार्य गर्न भनिएको छ । त्यसका लागि बजार अनुगमन प्रभावकारी गर्नुपर्ने सहमती भएको छ ।

प्रकाशित मिति: Oct 7, 2020

प्रतिक्रिया दिनुहोस्