Logo
१५ चैत्र २०८०, बिहीबार
(October 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रभु बैंकले सञ्चालनमा ल्यायो गण्डकी मेडिकल कलेजमा एक्टेन्सन काउण्टर

गण्डकी प्रदेश अन्तरगत कास्कीको पोखरामा अवस्थित गण्डकी मेडिकल कलेजमा प्रभु बैंकले आजबाट आफ्नो एक्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

पोखरा महानगरपालिका वडा नं. ९ स्थित गण्डकी मेडिकल कलेजमा प्रभु बैंकले आज मिति २०७७ आश्विन २१ गतेदेखि आफ्नो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।

आज बिहान १०ः०० बजे गण्डकी मेडिकल कलेजका प्राध्यापक प्रो. डा. श्री रबिन्द श्रेष्ठले एक समारोहका विच प्रभु बैंक लि. गण्डकी मेडिकल कलेज एक्स्टेन्सन काउण्टरको समुद्घाटन गरेका थिए ।

गण्डकी मेडिकल कलेजमा सञ्चालित प्रभु बैंक लि. को एक्स्टेन्सन काउण्टरबाट विहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा गण्डकी मेडिकल कलेजमा आउने सम्पुर्ण सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध हुनेछ ।

उपचारको सिलसिलामा गण्डकी मेडिकल कलेजमा आउने सेवाग्राहीहरुले बुझाउनु पर्ने जुनसुकै रकम विना झण्झट सरल एवं सहज रुपमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा जम्मा गर्नपाउने छन् ।

यस एक्स्टेन्सन काउण्टर सञ्चालन पश्चात् मेडिकल कलेजको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणाली मार्फत हुने भई प्रशासनिक सहजता प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

साथै, समाजसेवी भावनाले सामाजिक क्रियाकलापहरुलाई निरन्तरता दिएको यस बैंकले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सेवाग्राहीहरुको सेवामा समेत उल्लेख्य योगदान पुयाउने प्रण गर्दछ ।

प्रभु बैंकले २०८ वटा शाखा कार्यालय, १९२ वटा ATM, ५३ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

प्रकाशित मिति: Oct 7, 2020

प्रतिक्रिया दिनुहोस्