Logo
२३ मंसिर २०८१, आईतबार
(October 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब ट्रम्प प्रशासनले बहुचर्चित एच-१ बी भिसाको प्रक्रियामा कडाइ गर्ने

राष्ट्रपति ट्रम्प प्रशासनले बहुचर्चित एच-१ बी भिसाको प्रक्रियामा कडाइ गर्ने भएको छ।

अमेरिकाले सो भिसाको दुरुपयोग भएको भन्दैआवश्यक कागजातमा कडाइ गर्ने भएको हो

एच–१ बी भिसा अधिकांश रुपमा अमेरिकाका प्रविधि क्षेत्रका कम्पनीलेहरुले सीपयुक्त कामदार भित्र्याउनका लागि प्रयोग गर्ने गरेका थिए। सो भिसा लिएर अमेरिकी कम्पनीहरुमा काम गर्न जानेमा भारतीय तथा चिनियाँहरु बढी रहेका छन्।

सीपयुक्त कामदारको अभाव पूर्ति गर्नका लागि सो अस्थायी भिसा प्रचलनमा रहेको छ। तर ट्रम्प प्रशासनले भिसाको दुरुपयोग भएको तथा अमेरिकी कामदारलाई मर्का परेको भन्दै कडाइ गर्ने भएको हो।

हरेक वर्ष करिब ८५ हजार विदेशीले सो भिसा लिने गरेका छन्। अमेरिकामा हाल एच–१ बी भिसा लिएका झण्डै पाँच लाख मानिस छ।

अमेरिकाको श्रमिक तथ्यांक विभागका अनुसार एच– १ बी भिसा मार्फत अमेरिका पुग्नेमा दुई तिहाइ भन्दा बढी भारतीय र १० प्रतिशत भन्दा बढी चिनियाँ छन्। विदेशी कामदार सस्तो पर्ने भएकाले अमेरिकी कम्पनीले सो भिसाको प्रयोग गर्ने गरेका छन्।

प्रकाशित मिति: Oct 7, 2020

प्रतिक्रिया दिनुहोस्