Logo
८ बैशाख २०८१, शनिबार
(October 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेची अञ्चल अस्पताल भद्रपुरमा दुई महिने शिशुको कोरोनाबाट मृत्यु

प्रदेश नं १ स्थित झापाको मेची अञ्चल अस्पताल भद्रपुरमा दुई महिने शिशुको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

भद्रपुर-८ का दुई महिने शिशुको मृत्यु भएको हो। शिशुमा निमोनियासँगै श्वासप्रश्वासको समस्या देखिएपछि मंगलबार बिहान अस्पताल भर्ना गरिएको थियो।

कोरोना संक्रमणको मिल्दो जुल्दो लक्षण देखिएपछि शिशुको स्वाब संकलन गरिएको थियो। तर रिपोर्ट आउन अगावै उनको मृत्यु भएको थियो।

आफन्तले अस्पतालबाट शिशुको शव बुझेर घर लगेका थिए। त्यसको तीन घण्टापछि कोरोनाको रिपोर्ट पोजेटिभ आएको थियो।

 

प्रकाशित मिति: Oct 7, 2020

प्रतिक्रिया दिनुहोस्