Logo
१३ बैशाख २०८१, बिहीबार
(October 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किर्गिस्तानमा राजनीतिक संकट बढेपछि प्रधानमन्त्री कुबाट्बेक बोरोनोभले दिए राजीनामा

चुनावपछि धाँधली भएको भन्दै विरोध प्रदर्शन चर्किँदै गइ राजनीतिक अस्थिरता बढेका बेला किर्गिस्तानका प्रधानमन्त्री कुबाट्बेक बोरोनोभले राजीनामा दिएका छन्।

चौतर्फी दबाब बढेपछि किर्गिस्तानको चुनाव आयोगले गएको आइतबार भएको संसदीय चुनावको नतिजा रद्द गरेको छ।

बोरोनाभलाई प्रदर्शनकारीले एक दिनअघि जेलबाट छुटाएका साड्यर जापारोभले प्रतिस्थापित गरेका छन्।

यसअघि विपक्षीले चुनावमा धाँधली भएको भन्दै विरोध प्रदर्शन गरेका थिए र त्यस क्रममा संसदमा नियन्त्रण कायम गरेका थिए।

सो चुनावमा राष्ट्रपति सूरोन्बाइ जीन्बेकोभको पार्टीले अत्याधिक मत ल्याएर जितेको थियो।राष्ट्रपति जीन्बेकोभ अझै पनि सत्तामा छन्, तर उनले राजीनामा दिन सक्ने बताएका छन्।

प्रकाशित मिति: Oct 7, 2020

प्रतिक्रिया दिनुहोस्