Logo
१५ चैत्र २०८०, बिहीबार
(October 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

६ यात्रुमा कोरोना पुष्टि भएपछि हङकङले २ साताका लागि रोक्यो नेपाल एयरलाइन्सको उडान

नेपाल एयरलाइन्सको हङकङको उडान अनुमति दुई साताका लागि रद्द भएको छ ।

नेपालबाट अधिकतम ७२ घण्टा अगाडिसम्मको पीसीआर रिपोर्ट देखाएमा हङकङ जान पाइने प्रावधान थियो ।तर, हङकङ पुगेका यात्रुमा ६ जना यात्रुमा कोरोना भाइरसको पुष्टि भएपछि नेपाल एयरलाइन्स कारवाहीमा परेको हो ।

नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काका अनुसार नेपालबाट कोरोना परीक्षण पीसीआर रिर्पोट नेगेटिभ आएकै यात्रुमा समेत हङकङमा कोरोना देखिएको हो ।

‘यहाँबाट पीसीआर नेगेटिभ भएकै यात्रु जानु भएको हो,’ उनले भनिन्, ‘स्वाब दिएपछि पनि हामी बजारमा निस्कन्छौं, अन्य मानिसको सम्पर्कमा जान्छौं, त्यसले पनि कोरोना सर्ने सम्भावना बाँकी नै रहने रहेछ ।’

अक्टोवर ३ मा नेपाल एयरलाइन्सको ‘आरए ४०९९’ उडानबाट हङकङ पुगेका यात्रुमा सोमबार कोरोना पुष्टी भएको हो । सोमबार हङकङमा कुल ११ जनामा कोरोना देखियो, त्यसमध्ये ६ जना नेपाल एयरलाइन्सका यात्रु रहेको बताइएको छ ।

एक जना भने भारतबाट गएका यात्रु थिए । सरकारले नियमित उडान खुला गरेसँगै हङकङमा नेपाल एयरलाइन्सले उडान गरिरहेको थियो ।

‘हङकङको स्वास्थ्य सम्बन्धी नियम कडा छ,’ नेपाल एयरलाइन्सका एक उच्च अधिकारी भन्छन्, यात्रुमा देखियो, हामीले बच्ने कुनै बाहना नै रहेन ।’

यात्रुको लापरवाहीको शिकार नेपाल एयरलाइन्स परेको हो । ४ अक्टोबरबाट लागेको प्रतिवन्ध अब १७ अक्टोवरमा मात्र फुकुवा हुने भएको छ ।

प्रकाशित मिति: Oct 6, 2020

प्रतिक्रिया दिनुहोस्