Logo
१६ चैत्र २०८०, शुक्रबार
(October 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश ५ : कांग्रेस र जसपाको संशोधन प्रस्ताव, ‘सत्तापक्षले दम्भ देखायो’

प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्तावमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका चार जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन्।

कांग्रेसका रमा अर्याल र पुष्पा थरुनी र जसपाकी पुरमति ढेगा र सहसराम यादवले संशोधन प्रस्ताव दर्ता गराएका हुन्। यस्तै जसपाका पुरमति ढेगा र सहसराम यादवले प्रदेशको नाम थरुहट अगध मगरात राख्न प्रस्ताव गरेका छन्।

कांग्रेसका रमा अर्याल र पुष्पा थरुनीले पूर्वमा नवलपरासीको बर्दघाट नगरपालिका, पश्चिममा कपिलबस्तुको शिवराज नगरपालिका, उत्तरमा पाल्पाको तिनाउँ गाउँपालिका र दक्षिणमा रुपन्देहीको शिद्धार्थ नगरपालिका चार किल्ला हुने गरी स्थायी मुकाम बनाउनु पर्ने संशोधन प्रस्तावमा उल्लेख गरेका छन्।

हाल दाङको राप्ती र गढवा गाउँपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिकाले ओटगेको राप्ती नदी किनारको मैदान भागलाई स्थायी राजधानी बनाउनुपर्ने प्रस्ताव प्रदेशसभामा पेश भएको छ।

छलफल गरेको भए दाङ नै राजधानी स्वीकार्न सकिन्थ्यो, सत्तापक्षले दम्भ देखायो : कांग्रेस

यसैबीच, प्रदेश विपक्षी दल नेपाली कांग्रेसका नेता वीरेन्द्रकुमार कनौडियाले विस्तृत छलफल गरेर प्रदेशको राजधानी तोकेको भए दाङ पनि स्वीकार्य हुन सक्ने बताएका छन्।

तर सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी नेकपाले छलफलबिना ‘छापामार शैली’मा प्रदेशको स्थायी राजधानी दाङ र नाम लुम्बिनी प्रस्ताव दर्ता गरेको उनले बताए।

निषेधाज्ञा, आन्दोलन र मानिसहरू पक्राउ परेका बेला छिटो प्रक्रियाबाट राजधानी र नाम तोक्न सरकारले खोजेकोले आफूहरूले विरोध गरेको उनले बताए।

संसदमा कुर्सी तोडफोड र सभामुखलाई लक्षित गरी माइक प्रहार हुने घटना सिर्जना हुनुको कारण नै सरकार एकलौटी ढंगले अघि बढ्नु रहेको उनको भनाइ छ।

सोमबार प्रदेशसभामा कांग्रेस सांसदले कुर्सी तोडफोड गरेका थिए। सत्तारूढ नेकपाले आफूसँग बहुमत हुँदाहुँदै पनि राजधानी बारेका विभिन्न प्रस्तावमाथि छलफल गर्न नसकेकाले परिस्थिति सोचेअनुसार अगाडि नबढेको उनले बताए।

राजधानीका विकल्पबारे विस्तृत रूपमा छलफल गरेको भए संसदमा तोडफोड गर्नेजस्ता विरोध पनि नहुने उनको भनाइ छ।

कांग्रेस र जसपाको संशोधन प्रस्ताव : 

प्रकाशित मिति: Oct 6, 2020

प्रतिक्रिया दिनुहोस्