Logo
१६ चैत्र २०८०, शुक्रबार
(October 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा. केसीको जीवनरक्षा गर्न सरकारलाई नेकपाका वरिष्ठ नेताद्वय नेपाल र खनालको आग्रह

नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधव नेपालले डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

दुबै नेताले सञ्चारमाध्यमहरुसँग डा. केसीको जीवन रक्षा सरकारको पहिलो कर्तव्य भएकाले बिना ढिलाई तत्काल कदम चाल्न आग्रह गरेका हुन् ।

चिकित्सा शिक्षा सुधारलगायत माग राख्दै २३ दिनदेखि आमरण अनशनरत डाकेसीसँग तत्काल वार्ता थाल्न उनीहरुले सरकारलाई आग्रह गरेका छन् ।

नेता नेपालले पनि डा. केसीको ज्यान बचाउनु पहिलो प्राथमिकता भएकाले संवाद थाल्न ढिलाई नगर्न आग्रह गरेका छन् ।

नेता खनालले केसीको जीवनप्रति सरकार संवेदनशील हुनुपर्ने भन्दै डा. केसीसँग वार्ता गरेर समस्या समाधान गर्न चाँडो कदम चाल्नुपर्ने बताए ।

१९ औं अनशनमा रहेका डा. केसीको अनशनको २३ औं दिन भइसकेको छ । र उनको स्वास्थ्य अवस्था असाध्य गम्भीर बनेको चिकित्सकहरुले जनाएका छन् ।

प्रकाशित मिति: Oct 6, 2020

प्रतिक्रिया दिनुहोस्