Logo
१५ चैत्र २०८०, बिहीबार
(October 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाउनुहोस् ! ३६५ दिन नै पानी आउने रुख र यसका विशेषता

प्रमेश्वरको यो संसारसृष्टि पनि अचम्म खालको छ । कति यस्तो चिज छन् जुन मानिसले निर्माण नगरि स्वतह प्राकृतिले नै निमार्ण गरिरहेको हुन्छ ।

यो संसारमा यस्ता पनि ठाउँ छन् जुन खाने पानीको लागि घन्टौ समय लगाएर एक गाग्री पानी भर्छन् कहि यस्तो ठाउँछ जहा रुखबाट पनि पानी आउने गर्छ ।

पृथ्वीको ३ तिहाई भाग पानीले भरको भएता पनि खाने पानीको स्रोत कमै हुन्छ । भारत एक धार्मीक र साँस्कृतिक विविधताले भरीएको देश हो ।

यहाँ थुपै किम्बोदन्ती जोडिएको छ भने प्राकृतिकरुपले पनि सुन्दर मानिन्छ । आज हामी तपाईलाई यस्तो अनौठो कुराको जानकारी दिन गइरहेका छौ जुन यो कुराले अहिलेको विज्ञानलाई पनि चुनौति दिएको छ ।

भारतको हरियाणाको नुहे जिल्लाबाट ३ किलोमिटर टाढा एक अरावली पर्वतमालाको जरामा एक मन्दिर छ । मन्दिरसँगै एक रुख छ जसबाट लगातार रुपमा पानी आउँछ ।

तर रुखबाट पानी आउने कारण आजसम्म कसैले पत्ता लगाउन सकेका छैनन् । वैज्ञानिकहरुले शोध गरेपनि कारण हालसम्म पत्ता लगाउन सकेका छैनन् ।

त्यहाँका मानिसहरुले त्यहाँको चमत्कारिक पानी पिउँदा सबै रोग हट्ने बताउँदै आएका छन् । कन्दबको यो रुख अरावली पहाडबाट १०० मीटर उचाईमा अवस्थित छ ।यो रुखलाई हेर्ने मानिसको लर्को लागेको छ ।

यस मन्दिरलाई मानिसहरुले नल्हडेश्वर नामले चिन्ने गर्छन् ।उक्त रुखलाई दर्शालुहरुले आस्थाको केन्द्र मान्दै कसैको दिव्य शक्तिको वास भएको भन्दै आस्था बढाएका छन् ।

टाढा टाढाबाट मानिसहरु आएर रुखको पानी आफ्नो घरमा लैजाने गर्छन् । उनीहरुले उक्त चमत्कारीक पानीले चर्म रोग ठिक विश्वास गर्छन् । एजेन्सी

प्रकाशित मिति: Oct 4, 2020

प्रतिक्रिया दिनुहोस्