Logo
१२ बैशाख २०८१, बुधबार
(October 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उखुबारीमा किशोरीको अर्धनग्न अवस्थामा शव फेला, बलात्कारपछि हत्या गरेको आशंका

प्रदेश नं २ स्थित रौतहटको बृन्दावन नगरपालिकामा शुक्रवार १४ वर्षकी किशोरीको हत्या भएको छ ।

गढीमाइ नगरपालिका १ समनपुर घर भइ बृन्दावन नगरपालिका ४ पल्टुवा स्थित मामा घर बस्दै आएकी सिताराम साहको छोरी सन्जा कुमारी साह को हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटका जनाएको छ ।

उनको शव अर्धनग्न अवस्थामा स्थानिय होस नारायण यादवको उखुबारीमा फेला परेको छ । बिहान करीव १० बजे घाँस काटन गएकी साह बेलुका सम्म पनि घर नफर्के पछि परिवार र स्थानीयले खोजी गरेका थिए ।

किशोरीको शवको अवस्था हेर्दा बलात्कार पछि हत्या भएको हुनसक्ने स्थानीयले बताएका छ्न । घटनाको अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति: Oct 4, 2020

प्रतिक्रिया दिनुहोस्