Logo
१६ चैत्र २०८०, शुक्रबार
(October 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भ्रष्टाचार गरेर घरजग्गासहित सेयरसम्म किन्ने इन्जिनियरविरुद्ध ३ करोडको मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिंचाई विभागका सि.डि.ई. सुरेशकुमार शर्माविरुद्ध पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

विभिन्न कार्यालय तथा आयोजनाहरुमा कार्यरत रहँदा अत्यधिक भ्रष्टाचार तथा अनियमितता गरेको उजुरीमाथि अनुसन्धान हुँदा शर्माले ३ करोडभन्दा धेरै सम्पत्तिको स्रोत पुष्टि हुन नसकेको अख्तियारका आरोप पत्रमा उल्लेख छ। अख्तियारले विशेष अदालतमा उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार दर्ता गरेको हो।

शर्माले २०५२ माघ १८ गते देखि र २०५३ साउन ४ गतेसम्म इन्जिनियर पदमा स्थायी नियुक्ति प्राप्त गरी निजामति सेवामा प्रवेश गरेका थिए। हाल जलस्रोत तथा सिंचाई विभाग ललितपुरमा सि.डि.ई. पदमा कार्यरत रहेका उनले यो अवधीमा ५ करोड ४१ लाख ८६ हजार सम्पत्ति आर्जन गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

२०७७ सम्मको उनको सम्पत्ति जाँच गर्दा २ करोड ३५ लाख ३१ हजार ६ सय ७४ मात्र देखिएको थियो। आय र व्यय हिसाब गर्दा शर्माको ३ करोड ६ लाख ५४ हजार ९ सय ३२ सम्पत्तिको स्रोत नखुलेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

वैध आयभन्दा बढी खर्च गरी खरिद गरेका चलअचल सम्पत्ति एवं विद्यमान सम्पत्ति तथा खर्च लगानीहरुको स्रोत नखुलेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

श्रमको सम्पत्ति विवरण अमिल्दो र अस्वभाविक देखिएको आरोपपत्रमा उल्लेख छ।

मनासिव कारणबिना अमिल्दो र अस्वाभाविक रुपमा, आफ्नो हैसियतभन्दा बढी रकमले आफू र श्रीमतीको नाममा जग्गा खरिद गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ। शर्माले यसरी आर्जन गरेको सम्पत्ति घर निर्माण, विभिन्न बैंक तथा वित्तीय संस्थाहरु तथा कम्पनीहरुका संस्थापक एवं साधारण शेयरहरु खरिद लगानी गरी खर्च गरेको आरोपपपत्रमा उल्लेख छ।

अख्तियारले शर्मालाई भ्रष्टाचार निवारण ऐनअनुसार कैद र जरिवाना गर्न माग गरेको छ। अख्तियारले शर्माकी श्रीमती बबिता फुयाल शर्माको नाममा रहेको सम्पत्ति पनि जफत हुुनपर्ने दावी आरोपपत्रमा गरेको छ।

प्रकाशित मिति: Oct 1, 2020

प्रतिक्रिया दिनुहोस्