Logo
७ बैशाख २०८१, शुक्रबार
(October 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महामारीका बिच सुपथ मूल्य पसल सञ्चालनमा, जनस्वास्थ्यका उपाय अप्नाएको पाइएन

सरकारले चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले देशभरका आ-आफ्नै कार्यालय, डिपो, डिलर र अनलाइनमार्फत सुपथ मूल्य पसल सञ्चालन गरेका हुन् ।

काठमाडौं उपत्यकामा सिंहदरबार, टेकु, कालीमाटी कोटेश्वरलगायत विभिन्न १६ स्थानमा र उपत्यका बाहिर विभिन्न ६५ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा आएका छन् । यी पसलमा दैनिक उपभोग्य वस्तु चामल, दाल, गेडागुडी, चिनी, नुनलगायत वस्तु सुपथ मूल्यमा खरिद गर्न सकिने छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी विभागीय प्रमुख सर्मिला सुवेदीले चामल, दाल र चिनीमा प्रतिकिलो ५ रुपैयाँ छुट दिइएको बताइन् । उनका अनुसार बासमती चामल, गेडागुडी, र कर्णालीको दाल, मासुजन्य वस्तुमा प्रतिकेजी १० रुपैयाँ छुट दिइएको छ ।

कोभिड-१९ को जोखिमका कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थानले यस वर्ष एकीकृत रूपमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका छैनन् । तर, सबै कम्पनीले बिक्री गर्ने वस्तु सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताइन् ।

आजदेखि सुरु भएको सुपथ मूल्य पसल आगामी ६ मंसिरसम्म सञ्चालन हुने छन् ।

प्रकाशित मिति: Oct 1, 2020

प्रतिक्रिया दिनुहोस्