Logo
११ बैशाख २०८१, मंगलबार
(October 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२७ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सेवा बन्द

कर्णाली प्रदेशको जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले ठूलो संख्यामा स्वास्थ्यकर्मी संक्रमित भएपछि आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ।

बुधबार सर्जरी, अर्थो र एनेस्थेसिया विभागमा कार्यरत २७ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएसँगै प्रतिष्ठानले सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको हो।

बुधबार त्यही वार्डमा भर्ना भएका पाँच जना बिरामीमा कोरोना परीक्षण गर्दा उनीहरुमा पनि संक्रमण देखिएको थियो।

अस्पतालका बाँकी स्टाफ र बिरामीको पिसिआर परीक्षण गरिसकेपछि मात्र कसरी सेवा संचालन गर्ने टुङ्गो लाग्ने डा अनुपले जानकारी दिए।

अस्पतालको सर्जरी, अर्थो र एनेस्थेसिया वार्डमा कार्यरत ४० जना चिकित्सक, नर्स, स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गर्दा बुधबार २७ जना कोरोना संक्रमण पृष्टि भएको अस्पतालका निमिक्त निर्देशक डा अनुप समालले जानकारी दिए

प्रकाशित मिति: Oct 1, 2020

प्रतिक्रिया दिनुहोस्