Logo
१६ चैत्र २०८०, शुक्रबार
(October 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकसेवाको परीक्षा नै सञ्चालन गर्ने नक्कली इन्सपेक्टर पोशाकसहित पक्राऊ

जिल्ला प्रहरी कार्यालय पर्साले आज बिहान पत्रकार सम्मेलन गरी नक्कली प्रहरी निरीक्षकलाई पोशाकमै पक्राउ गरेको सार्वजनिक गरेको छ ।

राष्ट्रिय अनुसन्धान सहायक सूचकको नक्कली परीक्षा सञ्‍चालन गरेको अभियोगमा आठजना पक्राउ परेका छन् ।

बुधवार मध्याह्न १२ बजे वीरगंज महानगर-१६ स्थित देव पार्टी प्यालेसबाट वडा प्रहरी कार्यालय, बिर्ताले नक्कली प्रनि बारा, जितपुरसिमरा उ..म.न.पा.-७ चौधरी टोल बस्ने वर्ष २९ को अजयकुमार रायलाई पक्राउ गरेको हो ।

साथै प्रहरीले सो ठाउँबाट जितपुरसिमरा उ.म.न.पा-५ बस्ने वर्ष ५७ को हिरालाल महतो, वर्ष २८ को बसन्त चौधरी, वीरगंज-१६ बस्ने वर्ष २१ को रवि कुमार चौरसिया, पकाहामैनपुर गा.पा.-५ सबैठवा बस्ने वर्ष ४७ को शिव नारायण चौरसिया, वीरगंज-२७ रानीघाट बस्ने वर्ष २५ को रामजी चौरसिया पनि पक्राउ गरेको छ ।

बुधवार देव पार्टी प्यालेसमा लोक सेवा आयोगबाट हुने प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र खरिदारको लिखित परीक्षा सञ्चालन भइरहेको अवस्थामा वडा प्रहरी कार्यालय बिर्ताको टोलीले सो ठाउँमा छापामारी गरेको थियो ।

पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका ७ का २९ वर्षीय अजयकुमार रायसहित आठजना छन् ।

वीरगन्ज महानगरपालिका ५, कुमाल टोलस्थित देव पार्टी प्यालेसमा अनुसन्धान सहायक सूचकको परीक्षा सञ्‍चालन भइरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले त्यहाँ पुगेको थियो ।

प्रहरीले रायले प्रहरी निरीक्षक (इन्स्पेक्टर) को नक्कली पोसाक लगाई परीक्षा सञ्‍चालन गरिरहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उक्त परीक्षामा पुरुष १९ र महिला २ गरी जम्मा २१ परीक्षार्थी उपस्थित थिए ।

प्रकाशित मिति: Oct 1, 2020

प्रतिक्रिया दिनुहोस्