Logo
७ बैशाख २०८१, शुक्रबार
(October 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यसचिवमा शंकरदास वैरागी नियुक्त, खतिवडा अमेरिका र रेग्मी बेलायतका लागि राजदूत सिफारिश

सरकारले परराष्ट्र सचिव शंकर दास वैरागीलाई मुख्यसचिव नियुक्त गरेको छ ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले परारष्ट्र सचिव बैरागीलाई मुख्य सचिव बनाउने निर्णय गरेको हो । परराष्ट्र सेवाबाट मुख्य सचिव हुने बैरागी पहिलो व्यक्ति हुन् ।

मुख्यसचिवमा राजीनामा दिएका लोकदर्शन रेग्मी बेलायतका लागि राजदूतका लागि सिफारिश भएका छन् । उनले आजै राजीनामा दिएका थिए ।

३ कात्तिकमा सेवानिवृत्त हुने भएपनि वैरागीलाई मुख्यसचिव बनाउन उनको राजीनामा आएको हो । यसैगरी पूर्व अर्थमन्त्री डा। युवराज खतिवडा अमेरिकाका लागि राजदूत सिफारिश भएका छन् ।

खतिवडा तीन हप्ता अघि प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक मामला विशेष सल्लाहकार नियुक्त भएका थिए ।

प्रकाशित मिति: Oct 1, 2020

प्रतिक्रिया दिनुहोस्