Logo
१२ बैशाख २०८१, बुधबार
(October 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोहलपुर मेडिकल कलेजमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

प्रदेश नं ५ स्थित बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोनाका फोकलपर्सनले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ का ५२ वर्षीय पुरुष र सुर्खेतकी ७५ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको जानकारी दिए ।

उनीहरु दुवैको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको थियो । फोकलले पछिल्ला दिनमा बाँकेमा कोरोना संक्रमितको दैनिक मृत्यु भइरहेको जानकारी दिए ।

मृत्यु हुनेमा अधिकांश दीर्घरोगी र जेष्ठ नागरिक छन् ।उनका अनुसार, बिहीबारको सहित गरेर बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ जना पुगेको छ।

सुर्खेतकी बृद्धालाई जोड्दा जिल्ला बाहिरबाट उपचार गराउन आउँदा बाँकेमा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

प्रकाशित मिति: Oct 1, 2020

प्रतिक्रिया दिनुहोस्