Logo
१३ बैशाख २०८१, बिहीबार
(October 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा राखियो गजूर

रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा आज बिहान विधिवत रुपमा गजूर राखिएको छ ।

२०७२ वैशाखमा गएको भूकम्पले क्षति गरेको रानीपोखरी तथा त्यहाँ रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण सम्पन्न भएको हो ।

पुनर्निर्माण भएको बालगोपालेश्वर मन्दिर ग्रन्थकुट )शिखर) शैलीमा बनेको छ । रानीपोखरी निर्माणका लागि पञ्चवर्षीय योजना भए पनि कोरोना भाइरसले केही प्रभावित पारेको छ।

विरोधै-विरोध खेपेर बनेको रानीपोखरीको शिलान्यास राष्ट्रपति विद्यादेवी भण्डारीले १८ औँ राष्ट्रिय सुरक्षा दिवसको अवसरमा २०७२ माघ २ गते गरेकी थिइन्।

मन्दिरमा बिहीबार विधिवत रुपमा गजूर राखिएको हो ।रानीपोखरीको ९५ प्रतिशत काम सम्पन्न भएको छ । भूकम्पपछि विगत पाँच वर्ष बालगोपालेश्वर मन्दिर बन्द रह्यो ।

हालै पोखरीमा तीन करोड २२ लाख लितर पानी भरिएको छ । यो वर्ष भने तिहारमा बालगोपालेश्वर मन्दिर खुला हुने भएको छ ।

प्रकाशित मिति: Oct 1, 2020

प्रतिक्रिया दिनुहोस्