Logo
१३ बैशाख २०८१, बिहीबार
(October 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले आजदेखि देशभरका ४९ ठाउँमा सुपथ मूल्य पसल खोल्ने

सरकारले आजदेखि मुख्य चाडपर्वलाई लक्षित गरेर देशभरका ४९ ठाउँमा सुपथ मूल्य पसल खोल्ने भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका देशभर रहेका कार्यालय, डिपो/डिलर तथा घुम्ती सेवामार्फत सुपथ मूल्य पसल सुरु हुने जनाएको छ ।

नलाइन अर्डरमार्फत पनि सुपथ मूल्य पसलका सामग्री खरिद गर्न सकिनेछ । काठमाण्डौ उपत्यकाका यी ठाउँसहित देशका मुख्य सहरमा पसल सञ्चालन हुनेछन् ।

देशभरका ४९ ठाउँमा पसल खोलिने मन्त्रालयले जनाएको छ । सुपथ पसल छठ पर्वको भोलिसम्म सञ्चालन हुनेछ ।

काठमाण्डौ उपत्यकाका कालीमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुङ्गल, थापाथली, नख्खु, प्रयाग पोखरी, जावलाखेल र भक्तपुरमा सुपथ मूल्यका पसल खुल्दैछन् ।

काठमाण्डौ उपत्यका बाहिर बनेपा, बिर्तामोड, विराटनगर, राजविराज, लहानलगायतका सहरमा साल्ट ट्रेडिङको सहुलियत पसल सञ्चालनमा आउनेछ ।

यस्तै दूग्ध विकास संस्थानले पनि आफ्ना सबै कार्यालय र बिक्री केन्द्रबाट सुपथ मूल्यमा दूग्धजन्य वस्तुको बिक्री गर्नेछ ।

दशैं, तिहार, छठ पर्वलाई लक्षित गरी सञ्चालन हुने सुपथ पसलमा नून प्रतिकिलो १८ रुपैयाँका दरले खरिद गर्न सकिनेछ ।

तर प्रति-परिवार चार किलोका दरले मात्रै खरिद गर्न पाइनेछ । यस्तै चिनी प्रतिकिलो ७० रुपैयाँमा खरिद गर्न सकिनेछ ।

चामलमा प्रतिकिलो पाँच रुपैयाँ छुट हुनेछ । यस्तै खसी, बोका, च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ, दालमा प्रतिकिलो पाँच रुपैयाँ, सिमीमा प्रतिकिलो १० रुपैयाँ, फापरमा प्रतिकिलो पाँच रुपैयाँ र सेतो केराउमा प्रतिकिलो पाँच रुपैयाँ छुट दिइएको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति: Oct 1, 2020

प्रतिक्रिया दिनुहोस्