Logo
१६ चैत्र २०८०, शुक्रबार
(October 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा आज राखिँदै छ १२३ किलोको गजुर

आज रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा गजुर प्रतिस्थापन गरिँदै छ ।

प्राधिकरणका सम्पदा विज्ञ एवं रानीपोखरीको पुनर्निर्माणको काम हेर्दै आएका राजुमान मानन्धरका अनुसार आज गजुर प्रतिस्थापन भएसँगै आउँदो भाइटिकामा मन्दिर खुल्ने भएको छ ।

बालगोपालेश्वर मन्दिरमा अस्ति सोमबार गजुर प्रतिस्थापन गर्ने तयारी थियो, तर अन्तिम समयमा आएर बिहीबार बिहान राख्ने गरी स्थगित भएको थियो ।

बालगोपालेश्वर मन्दिरमा राखिने गजुर २८ तोला सुनबाट बनेको र त्यसको तौल १२३ किलोको रहेको उनले बताए। हाल उक्त गजुर दरबाइ हाइस्कुलमा प्रहरीको निगरानीमा रहेको छ।

बालगोपालेश्वर मन्दिर हरेक वर्षको भाइटिकामा मात्रै खुल्ने परम्परा छ । तर, भूकम्पपछि भने खोलिएको थिएन ।

सीएम तुलसी कन्स्ट्रक्सन जेभीले बालगोपालेश्वर मन्दिर पुनर्निर्माणको काम गरेको हो ।सीएम तुलसी कन्स्ट्रक्सन जेभीसँग गएको असार २४ गते मन्दिर, पुल र पोखरी बाहिरको काम गर्ने गरी १५ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

उपभोक्ता समितिले १० करोड र निर्माण व्यवसायीले १५ करोड गरी झण्डै २५ करोड रुपैयाँमा रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको काम थालिएको थियो ।

पुनर्निर्माण भएको बालगोपालेश्वर मन्दिर ग्रन्थकुट )शिखर) शैलीमा बनेको छ । रानीपोखरी निर्माणका लागि पञ्चवर्षीय योजना भए पनि कोरोना भाइरसले केही प्रभावित पारेको छ।

विरोधै-विरोध खेपेर बनेको रानीपोखरीको शिलान्यास राष्ट्रपति विद्यादेवी भण्डारीले १८ औँ राष्ट्रिय सुरक्षा दिवसको अवसरमा २०७२ माघ २ गते गरेकी थिइन्।

 

प्रकाशित मिति: Oct 1, 2020

प्रतिक्रिया दिनुहोस्