Logo
१६ चैत्र २०८०, शुक्रबार
(October 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफ्नै प्रादेशिक कार्यालय नरहेका निर्वाचन आयोगद्वारा दल दर्ता गर्न संघीय संरचना अनिवार्य

संघीय संरचना अनुसार आफ्नै प्रादेशिक कार्यालय नरहेका निर्वाचन आयोगले अब दर्ता हुन आउने नयाँ दल र हाल रहेका राजनीतिक दलहरुले संघीय संरचना अनिवार्य बनाउनुपर्ने परिपत्र गरेको छ ।

निर्वाचन आयोगले आयोगमा नयाँ दल दर्ता गर्न संविधानअनुसार दलको संघीय संरचना अनिवार्य गरेको हो । आयोगले संविधानमा भएको संघीय संरचनाअनुसारको मुलुकको ढाँचाको स्वरूपसहित आउने दललाई मात्र आयोगमा दर्ता गर्ने भएको हो ।

नयाँ दल दर्ताका लागि अब आयोगमा निवेदन दिँदा स्थानीय तह, जिल्ला, प्रदेश तह र केन्द्रीय तहमा पार्टीको संरचनासहित कार्यसमिति अनिवार्य भएको हुनुपर्नेछ ।

यसरी संरचनागत विवरण बुझाउँदा पूरा कार्यसमिति समेत स्पष्ट खुलाएर बुझाउनुपर्नेछ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले संविधान र कानुनमा भएको व्यवस्थाअनुसार नै आयोगले र दलले गर्नुपर्ने कानुनी व्यवस्थाबारे स्पष्ट परिएको बताए ।

प्रवक्ता श्रेष्ठका अनुसार मुलुक संघीय संरचनामा गइसक्दा समेत प्रदेश र जिल्लामा रहेका निर्वाचन कार्यालयमा केन्द्रमा दर्ता भएका दलका बारेमा रेकर्ड नरहने अवस्था आएकाले यस्तो व्यवस्था लागू गराउनेतर्फ आयोग अघि बढेको समेत जानकारी दिए ।

यसैगरी आयोगले हाल आयोगमा दर्ता रहेका दलहरूलाई समेत संविधानले व्यवस्था गरेअनुसारका सबै संरचनासहितको विवरण बुझाउन भनेको छ ।

आयोगले दलहरूले संविधानअनुसारका संरचना बनाएको विवरण प्राप्त नभएको भन्दै सबै दललाई विवरण बुझाउन भन्दै २५ साउनमा नै स्मरणपत्र पठाएको हो ।

आयोगले नेपालको संविधान, निर्वाचन आयोग ऐन २०७३ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ ले राजनीतिक दलले गर्नुपर्ने भूमिका निर्धारण गरेको भन्दै दलहरूलाई सम्झाएको हो भन्दै महेश्वर गौतमले राजधानीमा समाचार लेखेका छन् ।

प्रकाशित मिति: Oct 1, 2020

प्रतिक्रिया दिनुहोस्