Logo
८ बैशाख २०८१, शनिबार
(September 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

८ वटा निजी प्रयोगशालालाई पीसीआर टेष्टको शुल्क समायोजन गर्न २४ घण्टे अल्टिमेटम

८ वटा निजी प्रयोगशालालाई पीसीआर टेष्टको शुल्क समायोजन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टे अल्टिमेटम दिएको छ । मूल्य समायोजन नगरे पीसीआर टेष्टका लागि दिएको स्वीकृति खारेज गर्ने र कालोबजारीमा कारबाही गर्ने मन्त्रालयको निर्णय छ ।

सरकारले भदौ २८ बाट आरटी-पीसीआर टेष्टको शूल्क २ हजार रुपैयाँ तोकेको छ ।

तर स्टार अस्पताल, हृयाम्स अस्पताल, बी एण्ड बी अस्पताल, मेडिसिटी अस्पताल, डिकोड जिनोमिक्स एण्ड रिसर्ज सेन्टर, सौर्य हेल्थ केयर, सेन्ट्रल डायगनोस्टिक र इन्ट्रापि्रड डायगनोस्टिकले संयुक्त रुपमा ३८९९ रुपैयाँ शूल्क तोकेका छन् ।

ल्याबहरुको अनुगमन गरेको गुणस्तर मापन तथा नियमन महाशाखाले तोकिएभन्दा बढी शुल्क लिइएको प्रतिवेदनमा बुझाएको छ । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमले बढी शुल्क दिने ल्याबहरुलाई सचेत गराउन र २४ घण्टाभित्र शुल्क समायोजन नगरे परीक्षण स्वीकृति खारेज गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई निर्देशन दिने निर्णय गरेको प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

साथै कोलोबजारीमा कारबाही गरेर ल्याब बन्द गराउन गृह मन्त्रालय र बाणिज्य विभागलाई आग्रह समेत गरेको छ । बैठकले गाइडलाइन विपरित परीक्षण नगर्न समेत सबै ल्याबहलाई आग्रह गरेको प्रवक्ता डा. गौतमले बताएका छन् ।

प्रकाशित मिति: Sep 30, 2020

प्रतिक्रिया दिनुहोस्