Logo
७ बैशाख २०८१, शुक्रबार
(September 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रौतहटमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, २ घाइते

प्रदेश नं २ स्थित रौतहटमा बाघको आक्रमणबाट २७ वर्षीय संगम भण्डारी मृत्यु भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका ६ का २७ वर्षीय संगम भण्डारीको मृत्यु भएको हो ।

मंगलबार दिउसो घाँस लिन जंगल गएको र अबेरसम्म फर्केर नआएपछि उनको खोजीका लागि बुधबार बिहानैबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेम बहादुर शाहीले भण्डारीको शव चन्द्रपुर ४ को जंगलमा शरीरको तल्लो भाग आधा खाएको अवस्थामा फेला परेको बताए ।

मंगलबार साँझ उनलाई खोज्न जाँदा बाघको आक्रमणमा परेर चन्द्रपुर ६ का ३० वर्षीय अशोक थापा र ३४ वर्षीय प्रबिण श्रेष्ठ घाइते भएका थिए । घाइतेहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको डीएसपी शाहीले जानकारी दिए ।

प्रकाशित मिति: Sep 30, 2020

प्रतिक्रिया दिनुहोस्