Logo
८ बैशाख २०८१, शनिबार
(September 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं उपत्यकामा एकै दिन थपिए ९०२ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९०२ जनामा संक्रमण देखिएको छ।

काठमाडौंका ६९७, भक्तपुरका ९३ र ललितपुरका ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

काठमाडौंमा ५४ वर्षीय पुरुष, ३४ वर्षीया महिला र ८६ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार योसँगै कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ

२४ घण्टामा सात जनाको मृत्यु भएसँगै कोरोनाले मृत्यु हुनेको संख्या ४९८ पुगेको छ। मन्त्रालयका अनुसार देशभर कुल संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ। पछिल्लो २४ घण्टामा १५५९ जनामा संक्रमण पुष्टि भएको छ।

२४ घण्टामा एक हजार ५७ जना डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको कुल संख्या ५६ हजार ४२८ पुगेको छ । यो कुल संक्रमितको ७२ दशमलव ५ प्रतिशत हो।

प्रकाशित मिति: Sep 30, 2020

प्रतिक्रिया दिनुहोस्