Logo
१२ बैशाख २०८१, बुधबार
(September 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अरु देशको तुलनामा नेपालमा बलत्कारका घटना धेरै कम भएका छन् : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले अरु देशको तुलनामा नेपालमा बलत्कारका घटना धेरै कम घटेको बताएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा गृहमन्त्री बादलले विश्वका सवा २०० देशको अवस्था विश्लेषण गर्दा नेपाल बलात्कारका घटनामा धेरै पछाडि रहेको उनले बताए ।

प्रत्येक दिन ६/७ जना बलात्कारको घटना हुने गरेको स्वीकार्दै थापाले यस्ता घटना न्यूनीकरण गर्न सरकारले अधिकतम प्रयत्न गरिरहेको बताए ।

उनले अघि भने, ‘सवा २०० कन्ट्री(देश) हरु अवस्था विश्लेषण गर्दा हामी धेरै चिन्तित हुनुपर्ने विषय होइन । सरकारको तर्फबाट न्यूनीकरणमा प्रयासहरु भएका छन् र हाम्रो स्थान धेरै पछाडि नै छौं । पछाडिबाट हेर्दा हामी टप १५ मा छौं ।’

अमेरिकालगायतका विकसित मुलुकको अवस्था नेपालको भन्दा खराब रहेको थापाले बताए ।

दक्षिण अफ्रिकामा बलात्कारका घटना धेरै हुने भन्दै उनले भने, ‘अमेरिका टप १० भित्र पर्छ । त्यहाँ बलात्कार घटना प्रतिमिनेट ७ वटा हुने कुरा आएको छ ।’

यद्यपि नेपालले आफ्नो स्थितिलाई बदल्न जरुरी छ भन्नेमा सरकार प्रष्ट रहेको मन्त्री थापाले बताए । ‘सरकारले आफ्नो तर्फबाट अधिकतम प्रयास गरिरहेको छ’ उनले भने ।

गृहमन्त्री बादलले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई कारबाही गर्न ढिलाई भएको स्वीकार गरे । राज्य व्यवस्था समितिमा उनले भने, ‘अपराधीलाई कानूनी कठघरामा ल्याउन हामी निरन्तर रुपमा लागिराखेकै छौं । हामीलाई विश्वास छ, यो प्रयासमा हामी सफल हुन्छौं ।’

प्रकाशित मिति: Sep 30, 2020

प्रतिक्रिया दिनुहोस्