Logo
७ बैशाख २०८१, शुक्रबार
(September 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद्को बिशेष अधिवेशन डाक्न नेपाली कांग्रेसको माग

संसद्को बिशेष अधिवेशन डाक्न नेपाली कांग्रेसले माग गर्ने भएको छ ।

सरकारको अर्कमण्यता र भ्रष्ट्राचारविरुद्ध छलफल गर्नका लागि कांग्रेसले संसद्को विशेष अधिवेशन माग गर्ने भएको हो छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार आफूपक्षीय पदाधिकारीसँगको छलफलमा संसद्को बिशेष अधिवेशनको आवश्यकता रहेको निष्कर्ष निकालेको कांग्रेस सहमहामन्त्री प्रकाशरण महतले बताए ।

सद्मा रहेका अन्य विपक्षी दलसमेतको सहकार्यमा विशेष अधिवेशन बेलाउने पहल गर्ने महतको भनाई छ । ‘कोभिड–१९ संक्रमण नियन्त्रणका दिशामा सरकार अनुत्तरदायी भयो । यस्तो संकटको बेलामा समेत एकपछि अर्को भ्रष्ट्राचार र अनियमिताका काण्डमा संलग्न हुँदै जान थाल्यो,’ महतले भने,‘मुख्य रुपमा यी दुई विषयमा छलफलका लागि विशेष संसद् अधिवेशन बोलाउनु पर्ने निष्कर्षमा कांग्रेस पुगेको हो ।’

पार्टीको संस्थापन इतरपक्षीय नेताले समेत यसअघि विशेष अधिवेशनका लागि पहल गर्नुपर्ने माग गर्दै आएको थियो । कांग्रेसले संसद् अधिवेशनको मागसँगै सडकमा विरोधका कार्यक्रम समेत गर्ने भएको छ । सामजिक दूरी पालना गरेर सरकारका अर्कमण्यता र भ्रष्ट्राचारविरुद्ध सडकबाट समेत आवाज उठाउने कांग्रेसको तयारी रहेको महतले बताए । कहिलेदेखि कार्यक्रम गर्ने भन्नेबारेमा केन्द्रीय कार्यसमितिको बैठकले निर्णय लिने भएको छ ।

प्रकाशित मिति: Sep 30, 2020

प्रतिक्रिया दिनुहोस्