Logo
१२ बैशाख २०८१, बुधबार
(September 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मलेसियामा अपहरण गरि नेपालमा फिरौती उठाउने डेबिड काठमाडौंमा पक्राउ

प्रदेश नं १ स्थित मोरङको सुन्दर हरैंचा नगरपालिकाका डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठलाई अपहरण गरी शरीर बन्धक बनाएको अभियोगमा प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ ।

मलेसियामा नेपालीलाई अपहरण गरी शरीर बन्धक बनाएको अभियोगमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीले उनलाई काठमाडौंको महाराजगन्जबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार श्रेष्ठले बिगत २२ वर्षदेखि मलेसियामा रेष्टुरेन्ट व्यवसाय संचालन गर्दै आएका थिए ।

मलेसियामा आफ्नो रेष्टुरेन्टमा काम गर्ने दाङका मोहम्मद रैदासलाई ६ दिन अपहरण गरी शरीर बन्धक बनाएको भन्दै उनी विरुद्ध जाहेरी परेको थियो ।

गत जुनमा उनले रैदासलाई आफ्ना चालकको कोठामा ६ दिन बन्धक बनाएर रैदासकी श्रीमतीलाई ६० हजार रिंगेट रुपैयाँ फिरौती मागेका थिए ।

फिरौती रकम डिपोजिट गर्न रैसादका श्रीमती दाङस्थित हिमालयन बैंकमा १२ लाख रुपैयाँ लिएर बैंक पुग्दा बैकले सोधपुछ गरेपछी घटनाबारे खुलासा भएको सीआइबीका प्रमुख प्रहरी नायव महानिरिक्षक सहकुल थापाले जानकारी दिए ।

पछिल्लो समय मलेसियाबाट काठमाडौं फर्किएको सूचना पाएपछि प्रहरीले उनलाई खोजी गरिरहेको थियो ।

प्रकाशित मिति: Sep 30, 2020

प्रतिक्रिया दिनुहोस्