Logo
८ बैशाख २०८१, शनिबार
(September 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतका उपराष्ट्रपति वेंकैया नायडूलाई कोरोना संक्रमण

छिमेकी देश भारतका उपराष्ट्रपति वेंकैया नायडूलाई कोरोना सङ्क्रमण भएको छ ।

उपराष्ट्रपति नायडूको सचिवालयले ट्वीट गरेर उनको कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी दिएको हो । उनलाई घरमै आइसोलेशनमा बस्न सल्लाह दिइएको छ ।

उनकी श्रीमतीको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।यसअघि दिल्लीका उप मुख्यमन्त्री मनिष सिसोदियाको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएका थिए ।

भारतमा कोरोना  सङ्क्रमितको संख्या ६२ लाख नाघेको छ । जसमध्ये  साढे ९७ हजारको कोरोनाका कारण मृत्यु भएको वल्डोमिटरले जनाएको छ ।

प्रकाशित मिति: Sep 30, 2020

प्रतिक्रिया दिनुहोस्