Logo
१३ बैशाख २०८१, बिहीबार
(September 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाललाई थप १७ अर्ब ६४ करोड ऋण दिदैँ विश्व बैंक

विश्व बैंकले थप १५ करोड डलर अर्थात् १७ अर्ब ६४ करोड रुपैयाँ बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ ।  

मंगलबार नेपालको सहरी सेवा प्रवाह सुधार तथा पूर्वाधार विकाससम्बन्धी १ सय ५० मिलियन डलर ऋण स्वीकृत गरिएको विश्‍व बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

संघीयता कार्यान्वयन प्रभावकारी बनाउने उद्देश्यसहित यो ऋण स्वीकृत गरिएकाे विश्‍व बैंकले जनाएको छ । स्वीकृत परियोजनाले कोभिड-१९ बाट प्रभावित भएको अर्थतन्त्रलाई उठाउन सहयोग पुग्ने उल्लेख गरिएको छ । 

विश्व बैंकका अनुसार यो सहायता पूर्वी तराई र पश्चिमका दुई प्रदेशमा केन्द्रित हुनेछ । पूर्वी तराईका प्रदेश १ र २ का नगरपालिका तथा पश्चिममा गण्डकी प्रदेश र प्रदेश ५ का नगरपालिकाहरूका परियोजना केन्द्रित हुने विज्ञप्तिमा उल्लेख गरिएको छ । 

प्रकाशित मिति: Sep 29, 2020

प्रतिक्रिया दिनुहोस्