Logo
१३ बैशाख २०८१, बिहीबार
(September 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लकडाउन अवधिको प्राधिकरणले जरिवाना लिएको भन्दै जसपाद्वारा वीरगञ्जमा धर्ना

जनता समाजबादी पार्टीले वीरगञ्जमा विद्युत प्राधिकरणले लकडाउन अवधिको महसुलमा जरिवाना लिएको भन्दै  बिरोध गर्दै धर्ना दिएको छ ।

जसपा वीरगञ्जले मंगलबार बिरोध स्वरुप नेपाल विद्युत प्राधिकरण प्राधिकरण वीरगञ्ज बितरण केन्द्रमा धर्ना दिएको हो । प्राधिकरण कार्यालयको मूल गेटमा बिहान १० बजेदेखि १ घण्टा धर्ना दिइएको थियो ।

प्राधिकरण वीरगञ्जले पर्साबासीहरुसित महसुलमा जरिवाना लिएकोले बाध्य भएर आन्दोलनमा उत्रिएको धर्नामा सहभागी सांसद प्रदिप यादवले जानकारी दिए ।

जरिवाना बापत बढी लिइएको रकम प्राधिकरणले मिनाहा नगरे आफुहरुले महसुल शाखामा तालाबन्दीसमेत गरि दिने सांसद यादवले चेतावनी दिएका थिए ।

उनले प्राधिकरणले जरिवाना लिन थालेकोले जनताहरुलाई लकडाउनमा थप सास्ती परेकोले बढी जरिवाना लिइएको रकम मिनाहा गर्न माग गरे ।

उनले कुलमान घिसिङका कार्यकाल सकिएसँगै फेरि प्राधिकरणले एक दुई घण्टा गरि वीरगञ्जमा विद्युत प्राधिकरण कटौती गर्न थालेको पनि आरोप लगाए ।

विद्युत प्राधिरणले जरिवाना लिएपछि आम नेपाली नागरिकलाई सास्ती परेको भन्दै यथाशिघ्र यस्ता र्कायमा सुधार ल्याउन अध्यक्ष सहाबुदिनले आग्रह गरेका थिए ।

यसैबीच विद्युत प्राधिकरण पर्साले लकडाउन अवधि भरको बिल महसुलको जरिवाना लिएको भन्दै गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्र पर्सामा मंगलबार विरोध जनाउदैं ज्ञापन पत्र बुझाएको छ ।

लकडाउन अवधिभरको जरिवाना लिएको भन्दै फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनको नेतृत्वमा गएको टोलीले प्राधिकरण वीरगञ्जका प्रमुख शम्भु कुशैत यादवलाई ज्ञापन पत्र बुझाएको हो ।

उनले यस्ता समस्याहरुमा सुधार सुधार नल्याए कानुनी प्रकृयामा जाने पनि चेतावनी दिएका छन् ।

प्रकाशित मिति: Sep 29, 2020

प्रतिक्रिया दिनुहोस्