Logo
१३ बैशाख २०८१, बिहीबार
(September 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

द्विपक्षीय सम्झौता गरेर मात्रै घरेलु कामदार पठाउन सरकारलाई निर्देशन

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सम्बन्धित गन्तव्य मुलुकसँग घरेलु कामदारसँग सम्बन्धित छुट्टै सेवा, शर्त र सुरक्षा सम्बन्धमा ठोस् कानुनी व्यवस्था भएका मुलुकहरुमा द्विपक्षीय सम्झौता गरेर मात्रै घरेलु कामदार खुल्ला गर्न सरकारलाई निर्देशन दिएको छ।

समितिको मंगलबार बसेको बैठकले सम्बन्धित द्विपक्षीय सम्झौता गरेर मात्रै घरेलु कामदार खुल्ला गर्न निर्देशन दिएको हो। समितिले घरेलु श्रमिकको रुपमा नेपाली श्रमिक पठाउने ठोस कानुन र नेपाल र सम्बन्धित रोजगारदाता मुलुकबीच द्विपक्षीय सम्झौता नभएसम्म नपठाउन आग्रह गरेको छ।

घरेलु कामदार लान चाहेमा देशमा घरेलु कामदारको सेवा, शर्त र सुरक्षा सम्बन्धमा छुट्टै व्यवस्था गर्नुपर्ने समितिको भनाइ छ। साथै, ठोस कानुन व्यवस्था रहेको अवस्थामा भने पठाउन सकिने समितिले निष्कर्ष निकालेको छ।

कामदारको पारिश्रमिक, बिदा, सामाजिक सुरक्षा, व्यवसायजन्य सुरक्षा, स्वास्थ्य सुरक्षा, २४ घण्टे बिमा र अतिरिक्त कामको थप सुविधा सुनिश्चित गरेर मात्रै पठाउनुपर्ने जनाएको छ।

यसैगरी घरेलु श्रमिक पठाउनुपूर्व कामसम्बन्धी आधार तालिम, जाने मुलुकमा बोलिने भाषा, परम्परा, संस्कार र संस्कृतिको बारेमा आधारभूत जानकारी हासिल गरेको हुनुपर्ने जनाएको छ।

त्यस्तै, त्यहाँ पुगेपछि काम सुरु गर्नुअघि अनिवार्य तालिम दिने व्यवस्था हुनुपर्ने, रोजगारदाता र कामदारबीच सेवा, शर्त र सुरक्षाको वातावरणमा भेदभाव नभएको अवस्थामा मात्रै पठाउनुपर्नेमा समितिले स्पष्ट पारेको छ।

प्रकाशित मिति: Sep 29, 2020

प्रतिक्रिया दिनुहोस्