Logo
७ बैशाख २०८१, शुक्रबार
(September 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यति समूह विरुद्ध वायुसेवा निगम कर्मचारी संघको आन्दोलन, कालोपट्टी बाँधेर काम गर्दै

नेपाल वायुसेवा निगम कर्मचारी संघले पुर्व घोषित कार्यक्रम अनुसार चरणवद्ध आन्दोलन थालेको छ । संघ आवद्ध निगमका कर्मचारीहरुले आज मंगलवार कालो पट्टि बाधेर काम गरेका छन् ।

चिनियाँ लगानीमा रहेको यति समूहको जहाज कम्पनी हिमालय एयरलाइन्सलाई त्रिभुवन विमानस्थलमा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ सुविधा दिने निर्णयविरुद्ध कर्मचारी आन्दोलित भइ आज देखि आन्दोलन शुरु गरेका हुन्।

मन्त्री तथा प्रधानमन्त्रीको दबाब हिमालयलाई मापदण्ड विनै यो सुविधा दिएको भन्दै नेपाल वायुसेवा निगम कर्मचारी संघले गएको ०९ गते चरणवद्ध आन्दोलनका कार्यक्रमहरुको घोषणा गरेको थियो ।

सोही बिरोध कार्यक्रम अनुसार कर्मचारीहरुले आज कालो पट्टि बाधेर काम गरेका हुन् ।

पहिलो चरणका कार्यक्रममा आज सम्पूर्ण कर्मचारीले कालोपट्टी बाँधेर कार्यालयको काम गरेको, बुधवार सञ्चालक समिति, कार्यकारी अध्यक्ष र नायव महाप्रबन्धकको कार्यकक्ष घेराउ तथा तालाबन्दी, बिहीवार विभागीय प्रमुखहरुको कार्यकक्ष घेराउ, शुक्रवार आन्दोलनको समीक्षा र शनिवारदेखि दोस्रो चरणको कार्यक्रममार्फत सेवा ठप्प पार्नेछ ।

संघका अध्यक्ष मान बहादुर कुँवरले विज्ञप्ति जारी गरेर ‘मन्त्रीको ठाडो निर्देशनमा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ सेवाको नाममा एकलौटी रुपमा विदेशी लगानीमा सञ्चालित हिमालय एयरलाइन्सलाई दिने निर्णय गलत छ।

राष्ट्र र राष्ट्रिय हित विपरीत छ। परिस्थितिको आँकलन गरी सो निर्णय तत्काल सच्याउन माग गर्दछौं। निर्णयको विरुद्धमा नेवानि कर्मचारी संघ पहिलो चरणमा निम्नलिखित विरोध तथा आन्दोलनका कार्यक्रम घोषणा गर्दछ।’ भनेका थिए ।

प्रकाशित मिति: Sep 29, 2020

प्रतिक्रिया दिनुहोस्