Logo
७ बैशाख २०८१, शुक्रबार
(September 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डब्ल्यूएचओले कम र मध्यम आम्दानी भएका देशलाई १२ करोड कोरोना टेस्ट किट प्रदान गर्ने

डब्ल्यूएचओले कम आम्दानी भएका देशलाई १२ करोड कोरोना टेस्ट किट प्रदान गर्ने उपलब्ध गराउने भएको छ ।

विश्वमा कम र मध्यम आम्दानी भएका देशहरुमा १२ करोड टेस्ट किट डब्ल्यूएचओले उपलब्ध गराउने भएको हो ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस गेब्रिएसिसले ती देशहरुमा टेस्ट किट पुर्याउनका लागि दुईवटा कम्पनीसँग सम्झौता गरेको बताए ।

उक्त टेस्ट किटबाट १५ देखि ३० मिनेटसम्म नतिजा प्राप्त भइसक्ने बताइएको छ । उक्त टेस्ट किटको मूल्य ५ डलर वा त्योभन्दा पनि कम हुनेछ ।

पोजिटिभ रिजल्ट बताउनका लागि त्यसमा दुईवटा ब्लू लाइन हुनेछ ।हाल विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ३४ लाखभन्दा अधिक भइसकेको छ ।

यसैगरी निको हुने बिरामीको संख्या २ करोड ४७ लाख भन्दा धेरै छ । कोरोना संक्रमणबाट मर्ने मानिसहरुको संख्या भने १० लाख नाघिसकेको छ ।

प्रकाशित मिति: Sep 29, 2020

प्रतिक्रिया दिनुहोस्