Logo
११ कार्तिक २०७७, मंगलबार
(September 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विवाद उत्पन्न भएपछि रद्द भयो पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान

विवाद उत्पन्न भएपछि यो वर्षको पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्द गरिएको खेलमलाल-हरिकला लामिछाने प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले विवाद र असहज परिस्थिति भएको भन्दै यो वर्षका लागि घोषित सम्मान तथा पुरस्कारको निर्णय रद्द गर्ने घोषणा गरेको हो ।

प्रतिष्ठानले गएको ११ असोजमा पद्यमश्री पुरस्कार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ लाई र पद्यमश्री सम्मान मोदनाथ प्रश्रितलाई दिने निर्णय गरेको थियो ।

तर, उप्रेतीले प्रश्रितमाथि यौनहिंसाको आरोप लागेको भन्दै सुरुमा एउटै मञ्चमा पुरस्कार नलिने घोषणा गरेका छन् ।

तर, पछि विवाद बढ्दै गएपछि उनले पुरस्कार अस्वीकारको घोषणा गरेका थिए । प्रश्रितले पनि आफ्नो बदनाम गर्न लागिएको भन्दै तत्काल पुरस्कार नलिने घोषणा गरेका थिए ।

दुवै प्रतिभाले पुरस्कार अस्वीकार गर्ने घोषणा गरेकाले आकस्मिक बैठक बसी घोषित पुरस्कार र सम्मान रद्द गर्ने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले २०६३ सालदेखि हरेक वर्ष प्रकाशित र निर्णायक मण्डलले उत्कृष्ट ठहर्‍याएको कृतिलाई पद्यमश्री पुरस्कार प्रदान गर्दै आएको छ ।

त्यस्तै २०६७ सालदेखि हरेक वर्ष लामो समय साधनारत स्रष्टालाई पद्यश्री सम्मान प्रदान गर्दै आएको छ ।

यो वर्ष पहिलोपटक पुरस्कार र सम्मान घोषणा भएर फिर्ताको निर्णय भएको हो ।

प्रकाशित मिति: Sep 29, 2020

प्रतिक्रिया दिनुहोस्