Logo
१५ चैत्र २०८०, बिहीबार
(September 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालगन्ज मेडिकल कलेजमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु

प्रदेश नं ५ स्थित बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बाँके जिल्ला अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले नेपालगञ्ज-७, रानीतलाउका ३९ वर्षीय पुरुष र कोहलपुर-१० का ५३ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिए ।

नेपालगञ्जका ३९ वर्षीय पुरुष नेपालगञ्ज मेडिकल कलेजका कर्मचारी भएको बुझिएको छ ।उनलाई उच्च रक्तचापको समस्या थियो ।

स्वास्थ्यमा समस्या आएपछि भदौ ३१ गते अस्पतालमा भर्ना भएका थिए । त्यही दिन स्वाव लिएर कोभिड परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको थियो ।

आज बिहान ३ः३० बजे उनको मृत्यु भएको छ ।कोहलपुरका ५३ वर्षीयको विहान ४ः१५ बजे मृत्यु भएको छ ।

मधुमेहका समस्या रहेका उनी असोज ४ गते अस्पताल पुगेका थिए । ६ गते कोरोना पुष्टि भयो । बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

प्रकाशित मिति: Sep 29, 2020

प्रतिक्रिया दिनुहोस्