Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफ्नै १४ वर्षीया छोरीलाई पटक-पटक बलात्कार गर्ने बाबु पक्राउ

बाग्मती प्रदेश स्थित धादिङमा आफ्नै छोरीको बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ ।

१४ वर्षीया छोरीलाई पटक-पटक बलात्कार गरेको आरोपमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका ३५ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए  ।

पीडितका आमा र भाइ घर नभएको बेलामा असोज ८ गते पछिल्लो पटक बलात्कार गरेको पीडितले प्रहरीलाई बताएकी छिन् ।

प्रहरीको सहयोगमा जिल्लामा सञ्चालित सुरक्षित आवास गृहमा राखिएकी बालिकाको स्वास्थ्यपरीक्षण गरिएको छ ।

घटना पटक-पटक भएको र आफ्नो आमाले घटना थाहा पाउँदासमेत आफूले न्याय नपाएपछि घर छाडेर भागेको बालिकाले बताएकी छिन् ।

आरोपित बाबुले आफूलाई पाँच वर्षको उमेरदेखि नै बलात्कार गर्दै आएकाले छिमेकीको घरमा काम गर्ने एक जनासँग भागेर काठमाडौँ जान लाग्दा पीडित बालिकाको उद्वार गरिएको थियो ।

प्रकाशित मिति: Sep 28, 2020

प्रतिक्रिया दिनुहोस्