Logo
१५ चैत्र २०८०, बिहीबार
(September 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संघीय नेपाल : उपत्यकाको सुरक्षा जिम्मेवारी केन्द्रीय प्रहरीलाई दिने गरी ऐन संशोधन

नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय ऐन संशोधन भएको छ । संशोधनसम्बन्धी अध्यादेश सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएको छ ।

यसअघि उपत्यकाका तीन जिल्लाको सुरक्षा जिम्मेवारी केन्द्र कि प्रदेशको हुने ऐनमा प्रस्ट थिएन । जसकारण प्रहरी समायोजन रोकिएको थियो ।

देशको संघीय राजधानी काठमाण्डौको सुरक्षा जिम्मेवारी नेपाल प्रहरीको हुने गरी सरकारले नेपाल प्रहरी र प्रदेश प्रहरी ऐनलाई संशोधन गरेको हो।

अध्यादेशमार्फत सरकारले सो ऐनलाई संशोधन गरेको हो । देश संघीयमामा गएपछि क्षेत्राधिकार निर्धारणमा बेला बेलामा प्रशन उठ्दै आएको छ ।

प्रकाशित मिति: Sep 28, 2020

प्रतिक्रिया दिनुहोस्