Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्रम्पले टिकटक डाउनलोडमा लगाएको प्रतिबन्ध अदालतले रोक्यो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक एप्लिकेशन डाउनलोडमा लगाएको प्रतिबन्ध तत्कालका लागि अदालतले रोकेको छ।

टिकटकले राष्ट्रपतिबाट लगाइएको प्रतिबन्धले अमेरिकी संविधानको पहिलो र पाँचौँ संशोधनको उल्लंघन गरेको भन्दै मुद्दा दायर गरेको थियो ।

कोलम्बिया जिल्लाको अदालतमा प्रतिबन्धविरुद्ध परेको मुद्दामा सुनुवाई गर्दै न्यायाधीश कार्ल निकोल्सले तत्कालका लागि प्रतिबन्धमा रोक लगाउने फैसला गरेका हुन् ।

ट्रम्पले एप्पलको एप स्टोर तथा एन्ड्रोइडको गुगल प्ले स्टोरबाट टिकटक एप्लिकेशन डाउनलोडमा प्रतिबन्ध लगाएका थिए ।

तर पहिले नै डाउनलोड गरेर प्रयोग गरिरहेका प्रयोगकर्ताले भने टिकटिक चलाउन पाइरहेका छन् ।तर एप्लिकेशन डिलिट गरेमा पुनः डाउनलोड गर्न वा अपडेट गर्न पाएका थिएनन् ।

सरकारी वकिलले भने एप्लिकेशनका मालिक चिनियाँ कम्युनिष्ट पार्टीको माउथपिस रहेको भन्दै वकालत गरेका थिए ।

राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न हुन सक्ने भन्दै ट्रम्पले टिकटकको डाउनलोडमा प्रतिबन्ध लगाएका थिए ।

प्रकाशित मिति: Sep 28, 2020

प्रतिक्रिया दिनुहोस्