Logo
७ बैशाख २०८१, शुक्रबार
(September 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सप्तरीको तिरहुतमा ५० वर्षीय महिलाको हत्या

प्रदेश नं २ स्थित सप्तरीको तिरहुत गाउँपालिकामा एक महिलाको हत्या भएको छ ।

सप्तरीको तिरहुत गाउँपालिका-२ मयनाकडेरीकी ५० वर्षीय दायमन देवी यादवको हत्या भएको हो । मृतक घरमा एक्लै बस्दै आएकी थिइन् ।

आइतबार बिहानै देखि आफन्तहरुले फोन गर्दा उनको फोन नउठेपछि खोजी गर्दा आँगनमा रहेको शौचालय र ट्युबवेल नजिक घरको पानी खस्ने स्थानमा उनको मृत शरीर फेला परेको मृतकका देवर तेजनारायण यादवले जानकारी दिए ।

तेजनारायणका अनुसार हत्या गर्ने समूहले दायमनदेवीको दाहिने कान समेत काटेर लगेका छन् भने दाहिने आँखा समेत फोडेका छन् ।

आँगनमा चारैतिर फुटेका चुराहरु रहेको रहेकाले हत्यारासंग केही बेर घम्साघम्सी भएको हुन सक्ने देवर तेजनारायणले आशंका गरे ।

हत्याराले कान काटेपनि कानमा लगाएको सुन शव रहेको स्थानमै भेटिएको उनले बताए । घाँटीमा प्लाष्टिकको डोरी बेरिएको अवस्थामा रहेकाले घाँटी थिचेर हत्या गरेको हुनसक्ने सप्तरीका प्रहरी उपरीक्षकले जानकारी दिए ।

प्रकाशित मिति: Sep 28, 2020

प्रतिक्रिया दिनुहोस्