Logo
१५ चैत्र २०८०, बिहीबार
(September 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ मा भिम आचार्यको सक्रियता बड्दो : काँग्रेस सहित अन्य पार्टीका सयौ नेता कार्यकर्ता नेकपामा प्रवेश

प्रदेश नम्बर १ स्थित सुनसरीको स्थानीय यूवा नेता रमेश यादवको अगुवाईमा नेपाली काँग्रेस भोक्राहा नरसिंह गाउँपालिकाका भुपु सह सचिव बस्नेत मण्डल सहित सयौं नेता तथा कार्यकर्ताले विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका छन् ।

भोक्राहा नरसिंह गाउँपालिकामा शनिबार आयोजित पार्टी प्रबेश कार्यक्रममा नेपाल कम्युनिष्ट पाटी (नेकपा) १ न.ं प्रदेशका ईञ्चार्ज भिम आचार्य र नेपाल कम्युनिष्ट पाटी (नेकपा) सुनसरीका अध्यक्ष योगेन्द्र प्रसाद मण्डलले नेपाली काँग्रेस भोक्राहाका पूर्व सभापति बस्नेत मण्डल सहित बिभिन्न पाटी परित्याग गरि नेकपा प्रवेश गरेकाहरुलाई फुलमाला लगाई स्वागत गरेका छन् ।

भोक्राहा नरसिंह गाउँपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा भोक्राहाका पूर्व काँग्रेस सभापति बस्नेत मण्डल सहित सयौं नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेको नेकपा सुनसरीका जिल्ला सदस्य रामप्रसाद मेहताले बताएका छन् ।

नेकपा भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष हेमनारायण मण्डलको ध्यक्षतामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाल कम्युनिष्ट पाटी (नेकपा)  प्रदेश १ का ईञ्चार्ज भिम आचाय, नेपाल कम्युनिष्ट पाटी (नेकपा) सुनसरीका अध्यक्ष योगेन्द्र प्रसाद मण्डल, प्रदेश कमिटी सदस्य पोष्टकुमार नेपाल, जिल्ला सदस्य रामप्रसाद मेहता, पर्शुराम यादव, किरण कार्की लगायतको उपस्थिती रहेको नेकपा भोक्राहाका सचिव रामकुमार मेहताले जानकारी दिए ।

प्रकाशित मिति: Sep 27, 2020

प्रतिक्रिया दिनुहोस्