Logo
१२ बैशाख २०८१, बुधबार
(September 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लागुऔषध काण्डमा मुछिएका बलिउड अभिनेत्रीहरुसित‘NCB’को सोधपुछ

बलिउड बजारमा सुशान्त सिंह रावपुतको मृत्यु भएको पनि लामोसमय भइससक्यो तर बजारमा उक्त घटना अझै सेलाउन सकेको छैन ।

उनको मृत्यु एक आत्महत्या नभएको भनि उनका समथकले भन्दै आएको र त्यही अनुसार यो घटनालाई विभिन्न कोणबाट अनुसन्धान गर्नेक्रम अझ जारी छ ।

उनको आत्महत्या प्रकणलाई अनुसन्धान गर्ने क्रममा लागुऔषधसँग जोडिएको छ । यसैक्रममा अहिले बलिउडका थुपै कलाकारको नाम जोडिएको र साधपुछ चलिरहेको छ ।

अनुसन्धानकाक्रममा हिजो शनिबार अभिनेत्रीहरुसित सोधपुछ गरिएको छ ।शनिबार अभिनेत्रीहरु दीपिका पादुकोण, सारा अली खान र श्रद्धा कपुरसँग त्यहाँको मादकपदार्थ नियन्त्रण ब्यूरोले सोधपुछ गरेको हो ।

यसअघि, शुक्रबार अर्की अभिनेत्री रकुलप्रीत सिंहसहितसित सोधपुछ गरिएको थियो । गत महिना सुशान्तका लागि लागुपदार्थ किनेको आरोपमा उनकी प्रेमिका रिया पक्राउ परेकी थिइन् ।

तर, उनले आरोप अस्वीकार गर्दै आएकी छन् । सुशान्तकी प्रेमिका रिया चक्रवर्तीलाई लागुऔषध मामलामा पक्राउ गरिएपछि बलिउडमा एकाएक नयाँ सनसनी बाहिर आउँदै गएको हो ।

गत जुनमा मुम्बईको फ्ल्याटमा ३४ वर्षीय सुशान्त मृत अवस्थामा फेलापरेका थिए । प्रहरीले त्यसबेला उनले आत्महत्या गरेको बताएको थियो ।

तर, परिवारले रियाविरुद्ध आत्महत्या र अन्य अपराधमा संलग्न रहेको आरोप लगाउँदै उजुरी दर्ता गरेपछि घटनाले नयाँ मोड लिँदै गएको छ ।

घटनाका सम्बन्धमा तीनओटा संघीय निकायहरुले अनुसन्धान गरिरहेका छन् । एजेन्सी

प्रकाशित मिति: Sep 27, 2020

प्रतिक्रिया दिनुहोस्