Logo
१३ बैशाख २०८१, बिहीबार
(September 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गर्भवती महिलाको पेटमा आफ्नै पतिले हँसियाले चिरिदिएपछि…!

हाम्रो समाज अझै पनि कति निष्ठूरी छ । भनिन्छ समाजमा महिला र पुरुष बराबर हो भनेर तर व्यवहारमा अझै पनि भेदभाव विद्धमाननै छ ।

हामी जतिनै पढ्लेको किन नहोस् छोराको चाहा बढी राख्दछौ । अहिलेको अवस्थामा त झन छोरी गर्भमा रहेछ भने जन्मनु भन्दा अगाडिनै गर्वपतन गर्ने गर्छन् ।

त्यस्तै एक सुन्दानी अच्चम र डरलाग्दो घटना भारतमा घटेको छ । जुन छोरी मात्र जन्मीयो भनेर यो घटना घटाएको देखिन्छ । यो घटना भारत उत्तर प्रदेश घटेको हो ।

उक्त घटनामा एक गर्भवती महिलाको पेटमा उनकै पतिले हँसियाले चिरिदिएका छन् । पाँच वटी छोरीको जन्म दिएकी पत्नीको गर्भमा छैठौं सन्तान फेरि पनि छोरी नै हो कि भन्ने आशंकाले उनले गर्भवती पत्नीको पेट घाँस काँट्ने हँसियाले चिरिदिएको खबरमा जनाइएको छ ।

पीडित महिलाको अवस्था चिन्ताजनक रहेको छ ।गम्भीर अवस्थाकी गर्भवती महिला अनीताको दिल्लीको एक अस्पतालमा उपचार भइरहेको समाचारमा उल्लेख छ ।

पाँच वटी छोरी जन्माइसकेकी अनीताको पेटमा रहेको बच्चा छोरा हो वा छोरी भन्ने पत्ता लगाउन पन्नालालले हँसियाले पेट चिरेको उनकी अनीताकी बहिनीले बताएकी छिन् ।

उत्तर प्रदेश बदायूं जिल्लाका पन्नालाललाई धारिलो हतियारले आफ्नी पत्नीको पेट चिरेको आरोपमा प्रहरीले गिरफ्तार पनि गरेको छ ।

आफ्नो छैठौं सन्तान पनि छोरी नहोस् भन्ने चाहना पन्नालालमा रहेको पनि बीबीसीको समाचारमा उल्लेख छ ।

प्रकाशित मिति: Sep 25, 2020

प्रतिक्रिया दिनुहोस्