Logo
१२ बैशाख २०८१, बुधबार
(September 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बायर्न म्युनिखले उचाल्यो यूईएफए सुपर कपको उपाधि

बिहीबार राति भएको खेलमा च्याम्पियन्स लिग च्याम्पियन बार्यन म्युनिखले युरोपा लिग च्याम्पियन सेभिल्लालाई २-१ ले पराजितगरि युइएफए सुपर कपको उपाधि जितेको छ ।

च्याम्पियन्स लिग विजेता र युरोपा लिग विजेताबिच हुने सुपर कपको उपाधि बार्यन म्युनिखले उचालेको हो।

१३ औँ मिनेटमा पाएको पेनाल्टीमा ओक्याम्पोसले गोल गरी सेभिल्लालाई सुरुवाति अग्रता दिलाएका थिए। तर ३४ औँ मिनेटमा गोरेट्ज्काले बार्यन म्युनिखका लागि बराबरी गोल फर्काए।

त्यसपछि निर्धारित ९० मिनेटको खेलमा दुवै तर्फबाट थप गोल भएन र खेल अतिरिक्त समयमा धकेलियो। १०४ औँ मिनेटमा मार्तिनेज एगुइनागाले गोल गरी बार्यन म्युनिखलाई जित दिलाए।

युरोपियन च्याम्पियन बार्यन म्युनिखले युइएफए सुपर कपको उपाधि जितेको छ।

 

प्रकाशित मिति: Sep 25, 2020

प्रतिक्रिया दिनुहोस्